के दिउँ तिमीलाई

के दिउँ तिमीलाई

गीत



लालीगुराँसको लाली दिउँ की
अन्धकारको काली दिउँ
तिम्रो सुन्दरतामा सुन्दरता भर्न
गुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ

यो मनको महारानी तिमी
यो आँखाको नानी तिमी

यो संसार अधेँरो तिमी बिना
यो जीवन उजाड तिमी बिना
तिमीमै मेरो दिन ढल्छ
तिमीमै मेरो धड्कन चल्छ
तिमी नहुँदा विरानो सबै
तिमी हुँदा आफ्नो सबै

तिम्रो मुस्कानको आँधी म
हाम्रो प्रेमको बागी म
जुन माग या माग तारा
तिमीनै मेरो जिउँने साहारा

के दिउँ तिमीलाई भन
तिम्रै निम्ति सुम्पेछु मन

लालीगुराँसको लाली दिउँ की
अन्धकारको काली दिउँ
तिम्रो सुन्दरतामा सुन्दरता भर्न
गुन्यौ दिउँ की फूलबुट्टे चोली दिउँ ।