पठान भर्सेस टाइगरलाई खतरनाक भिलेनको खोजी

पठान भर्सेस टाइगरलाई खतरनाक भिलेनको खोजी



मुम्बई । यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ । शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ ।

फिल्मका लागि यशराज फिल्मस्ले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका छैनन् । फिल्मको काम आगामी वर्षको जनवरीबाट सुरु गर्ने तयारी भइरहेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहने फिल्ममा दीपिका पादुकोण र कटरीना कैफरको पनि अभिनय रहनेछ । फिल्ममा उनीहरुको भूमिका समान रहने बताइएको छ ।

‘फिल्मको नाम पठान भर्सेस टाइगर हो, तर यसको अर्थ यो होइन कि यसमा दुई जासुसबीचको दुश्मनी हुनेछ । फिल्ममा एक सामान्य भिलेन देखाइनेछ, जसका विरुद्ध दुई जासुस लड्नेछन् । निर्देशक सिद्धार्थ फिल्ममा खतरनाक भिलेनका लागि कुनै ठूला स्टारको खोजीमा छन्, जसको लेभल हिरोको जस्तै होस्’, फिल्म निकट स्रोतले भनेको छ । हाल निर्माण युनिटले एक्सन सेटको डिजाइनको काम गरिरहेको छ ।