सन् २०५० सम्ममा १ अर्ब ३० करोड मानिसलाई मधुमेह हुने

सन् २०५० सम्ममा १ अर्ब ३० करोड मानिसलाई मधुमेह हुने



एक नयाँ अनुसन्धानले मधुमेहसँग जुध्न तत्काल र ठोस उपाय नअपनाइएमा आगामी ३० वर्षमा यो रोग विश्वका हरेक देशमा तीव्र गतिमा फैलिने देखाएको छ ।

नयाँ अनुसन्धानका अनुसार आगामी तीन दशकमा मधुमेहका बिरामीको संख्या बढ्नेछ । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनसँगको सहकार्यमा गरिएको यो अध्ययनको नतिजा मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित भएको थियो ।

विश्वका हरेक देशमा मधुमेह बढ्ने अनुमान गरिएको छ । यस अनुसन्धानअनुसार सन् २०५० सम्ममा विश्वभर मधुमेहका बिरामीको संख्या झण्डै दोब्बर भएर १ अर्ब ३० करोड पुग्नेछ ।

हाल विश्वमा करिब ५ करोड २० लाख मानिस मधुमेहबाट पीडित छन्, जसमध्ये ९५ प्रतिशत टाइप २ का बिरामी छन् । यसबाहेक शारीरिक अशक्तता र मानव मृत्युदरका १० प्रमुख कारणमध्ये मधुमेह पनि एक हो ।

हालै गरिएको एक अनुसन्धानले आगामी तीन दशकमा विश्वभर मधुमेहका बिरामीको संख्या झण्डै तीन गुणाले बढ्न सक्ने देखाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा मधुमेहको प्रकोप एकसमान छैन । भविष्यमा केही देश र क्षेत्रहरू बढी प्रभावित हुनेछन्। उत्तर अफ्रिका र मध्यपूर्वमा यो रोगको फैलावट दर १६.८ प्रतिशत हुनेछ भने ल्याटिन अमेरिका र क्यारिबियनमा यसको दर ११.३ प्रतिशत हुनेछ ।

मधुमेहको दर घट्ने सम्भावना कम
यसरी सन् २०५० सम्ममा विश्वभर मधुमेहका बिरामीको संख्या मा वृद्धि दर ९.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । हाल यो रोगको वार्षिक प्रसार दर ६.१ प्रतिशत रहेको छ । आगामी ३० वर्षमा उमेरसँग सम्बन्धित मधुमेहको दरमा कुनै कमी आउने सम्भावना नरहेको पनि अनुसन्धानमा उल्लेख गरिएको छ ।

मधुमेहको तीव्र वृद्धि चिन्ताजनक मात्र होइन, हरेक स्वास्थ्य प्रणालीका लागि ठूलो चुनौती पनि हो। मुटु र स्ट्रोक जस्ता रोगहरु पनि बढ्नेछन् ।

मोटोपना बढेका कारण मधुमेहको संख्या बढिरहेको छ । यसका साथै जनसंख्या र आयुमा आएको परिवर्तनले पनि यसमा ठूलो भूमिका खेल्छ । यो रोगको अनुपात वृद्ध र अधबैंसे व्यक्तिहरूमा बढी हुन्छ।

विश्वका २०४ देशबाट सङ्कलन गरिएको तथ्याङ्कमा आधारित उक्त अध्ययनमा छुट्टै र भरपर्दो तथ्याङ्क उपलब्ध नभएकाले कोरोना भाइरसको महामारीको प्रभावलाई समावेश गरिएको छैन ।

एए/सीके (रोयटर्स)