दोस्रो दिन: संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर निर्माण व्यवसायीको धर्ना (तस्बिरहरू)

दोस्रो दिन: संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर निर्माण व्यवसायीको धर्ना (तस्बिरहरू)



काठमाडौं । निर्माण व्यवसायीहरूले दोस्रो दिन पनि नयाँबानेश्वरस्थित संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर दिउँसो ३ बजेदेखि प्रदर्शन गरिरहेका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित संघीय राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

निर्माण व्यवसायीहरुले हिजो बिहान सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि धर्ना दिएका थिए भने दिउँसो नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेका थिए ।

आज बिहान ९ बजे हेभी यन्त्र उपकरण तथा औजार सहित प्रधानमन्त्री निवास बालुवाटर अगाडि प्रदर्शन गरेका थिए । अहिले नयाँबानेश्वरस्थित संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रदर्शन गरिरहेका छन् ।

यो पनि,

प्रधानमन्त्री निवास अगाडि हेभी यन्त्र उपकरण तथा औजारसहित निर्माण व्यवसायीको दोस्रो दिन धर्ना (तस्बिरहरू)

सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि निर्माण व्यवसायीकाे धर्ना (तस्बिरहरू)

संसद् भवन अगाडि निर्माण व्यवसायीहरूकाे प्रदर्शन (तस्बिरहरू)