काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेकोले राजनीतिक भेटघाट बन्द गरेको एक कांग्रेस केन्द्रीय सदस्यले जानकारी दिए ।
रुघाखोकी, टन्सिल र ज्वरोको कारण देउवा अहिले घरमै आराम गरिरहेका छन् । उनले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए । टन्सिल हुँदा बोल्न गाह्रो हुनेभएकाले भेटघाट बन्द गर्नु परेको जानकारी दिइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रतिक्रिया