विद्युत् प्राधिकरणद्वारा २२ सय मेगावाटको सौर्य प्लान्ट निर्माणको प्रस्ताव आह्वान

विद्युत् प्राधिकरणद्वारा २२ सय मेगावाटको सौर्य प्लान्ट निर्माणको प्रस्ताव आह्वान

साना ठूला लगानीकर्ताको दौडधुप सुरु


ग्लोब नेपाल
162
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २२ सय मेगावाटको सौर्य प्लान्ट निर्माणको प्रस्ताव आह्वान गरेको छ । सातवटा ग्रिड सबडिभिजनबाट ६१ वटा र सात प्रदेश कार्यालयमार्फत् ९७ वटा प्लान्ट निर्माणका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणको प्रस्ताव आह्वानसँगै साना ठूला लगानीकर्ताको दौडधुप सुरु भएको छ ।

सातवटा ग्रिड सबडिभिजनमा ६१ वटा परियोजना राखिएको छ । जसबाट १ हजार ३ सय ९५ मेगावाट विद्युत् उत्पादन हुनेछ । यस परियोजनामा १० मेगावाटदेखि ५० मेगावाटसम्मको आयोजना छ । बुटवल ग्रिड सबडिभिजनमा सबैभन्दा धेरै १६ परियोजना छन् । त्यसपछि अत्तारिया सब डिभिजनमा १२ वटा परियोजनाहरु छन् ।

प्रदेशअन्तर्गतको परियोजनामा ५ देखि २० मेघावटको ९७ परियोजना छन् । यो परियोजनाबाट ८ सय ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै २८ वटा परियोजना छन् । यसैगरी लुम्बिनीमा २५ परियोजना छन भने सबैभन्दा थोरै गण्डकीमा ४ वटा मात्र परियोजना राखिएको छ ।

पाँच वर्षअघि नुवाकोटको विदुर नगरपालिका–६ र १२ वडामा सुरु गरिएको सौर्य प्लान्ट सफल देखिएपछि प्राधिकरण उत्साहित भएको हो । नुवाकोटको प्लान्टबाट २५ मेगावाट विद्युत उत्पादन हुन्छ ।

जर्मन फिस्नर परामर्शदाता रहेको उक्त प्लान राइजन इनर्जी चाइनाले निर्माण गरेको हो । ४ अर्ब लगानीमा उक्त परियोजना तयार भएको छ ।

नुवाकोटपछि झापामा सुरु भएको १० मेगावाटको सौर्य ऊर्जाले गत पुसबाट उत्पादन सुरु गरेको छ । ८१ करोड रुपैयाँ लगानीमा निर्माण भएको झापा इनर्जीले वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन गर्छ । उक्त परियोजनाले प्रति युनिट ७ रुपैयाँ ३० पैसामा प्राधिकरणले बेच्ने सम्झौता गरेको छ ।

२२ विघा जमिनमा फैलिएको उक्त सौर्य ऊर्जा प्लान्टले अहिले वार्षिक १२ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्ने कम्पनीका कार्यक्रम अधिकृत नारायणप्रसाद पोखरेलले जानकारी दिए ।

विद्युत् प्राधिकरणले आह्वान गरेको प्रस्ताव