कस्तो छ मुकेश अम्बानीका छोरा अनन्तको बिहेको कार्ड ?

कस्तो छ मुकेश अम्बानीका छोरा अनन्तको बिहेको कार्ड ?


ग्लोब नेपाल
324
Shares

भारतीय व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेको कार्ड सार्वजनिक गरिएको छ । बिहेको कार्ड रातो रंग रङको दराज आकारमा सार्वजनिक गरिएको छ ।

दराजको ढोका खोलेपछि भित्र चाँदीको मन्दिर देखिन्छ । मन्दिरमा गणेश, राधा–कृष्ण र देवी दुर्गाका मूर्ति रहेको कार्ड बनाइएको छ । मन्दिरको माथिल्लो भागमा स–साना घण्टीहरू पनि झुन्ड्याएका छन् ।

मन्दिर सक्कली चाँदीले बनेको छ । मन्दिरमा सुनको पनि प्रयोग गरिएको छ । नारायण भगवानको साथमा चाँदिको पत्र छ । कार्डमा कार्यक्रमका विस्तृत विवरण दिइएको छ ।

पहिलो पृष्ठमा भगवान् नारायणले राधिका र अनन्तलाई आशिर्वाद दिइरहेको तस्बिर छ । अर्को पृष्ठ रातो रङको छ । यसमा दुलहा र दुलहीको बारेमा लेखिएको छ ।

बाकसको तल्लो हिस्सामा सेतो कपडामा बेरेर बिहेका उपहार छन् । उपहारमा चाँदीको बट्टा, नेटको चटाई र पछ्यौरी छन् ।