उत्तरी नाइजेरियामा भएको विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गयो

उत्तरी नाइजेरियामा भएको विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गयो



काठमाडौं । उत्तरी नाइजेरियाको बोर्नो राज्यमा भएको बम विस्फोटमा कम्तीमा १८ जनाको ज्यान गएको छ । अरू ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

नाइजेरियाको आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार आत्मघाती आक्रमणकारीले विवाह समारोह, अन्तेष्टिस्थल र अस्पतालमा आक्रमण गरेका हुन् । एक विवाह समारोहमा भएको बम विष्फोटमा छ जनाको ज्यान गएको छ ।

नाइजेरियाको भ्यानगार्ड र दिस डे पत्रिकाले विस्फोटमा पछिल्ला विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको बताएका छन् । घटनापछि सेनाले कर्फ्यू लगाएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन ।

बोर्नो राज्यमा इस्लामवादी लडाकुको समूह बोको हरामले १५ वर्षदेखि आक्रमण गर्दै आएको छ । जसले २० लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ र ४० हजारभन्दा बढी मारिएका छन् ।