इरानकाे राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान

इरानकाे राष्ट्रपति चुनावमा कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेनन्, शुक्रवार फेरि मतदान



काठमाडौं । इरानमा राष्ट्रपति चयनका लागि दोस्रो पटक चुनाव हुने भएको छ । गएको शुक्रवार भएको चुनावबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आउँदो शुक्रवार अर्थात् जुलाई ५ तारिखमा चुनाव हुने भएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

चुनाव मुख्यालयका अनुसार पूर्वस्वास्थ्यमन्त्री मसुद पेजेस्कियन र पूर्वप्रमुख आणविक वार्ताकार सईद जलिलीबीच मुख्य प्रतिस्पर्धा भएकोमा दुवैले ५० प्रतिशत मत कटाउन सकेनन् । पेजेस्कियनले ४२ प्रतिशत र जलिलीले ३८ प्रतिशत मत ल्याउनुभएको छ । बाँकी मत अरू उम्मेदवारले ल्याएका छन् ।

इरानमा राष्ट्रपतिको पद सुरक्षित गर्न उम्मेदवारले पहिलो चरणमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । अब भने चुनाव ‘रन–अफ’ मा प्रवेश गरेको छ । ‘रन–अफ’ का लागि जसले धेरै मत प्राप्त गर्छ उसले जीतको दाबी गर्नेछ ।