इस्माइल हनियाको शव यात्रामा हजारौँ मानिस सहभागी

इस्माइल हनियाको शव यात्रामा हजारौँ मानिस सहभागी



काठमाडौं । इरानमा हमासका शीर्ष नेता इस्माइल हनियाको अन्त्येष्टि यात्रामा हजारौँ मानिसहरू सहभागी भएका छन् । बुधबार तेहरानमा भएको आक्रमणमा हनियाको मृत्यु भएको थियो ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास नेता हनियाका लागि प्रार्थना गरेका छन् । हनियाको शवलाई कतारमा दाहसंस्कार गरिने भएको छ ।

हनियाको मृत्युबारे खामेनीले भनेका थिए, ‘हमास नेताको मृत्युको बदला लिनु इरानको कर्तव्य हो ।’

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार खामेनीले इजरायलमाथि प्रत्यक्ष हमला गर्ने आदेश पनि दिइसकेका छन् ।

तेहरानमा भएको आक्रमणमा इरानले इजरायललाई जिम्मेवार ठहर गरेको छ । यद्यपि इजरायलले अहिलेसम्म यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने शत्रुहरूलाई कडा प्रहार गरिएकाे बताएका छन् ।