ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । उनकी बहिनीले पनि देश छोडेर ‘सुरक्षित ठाउँ’ गएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरेको ढाकास्थित बीबीसी कार्यालयले जानकारी दिएको छ ।
यसअघि बंगलादेशमा जुलाई महिनादेखि मात्रै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।
विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजिनामाको मागमा अडिग छन् ।
हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए । यसमा जनतालाई सरकारी कर नतिर्न अपिल गरिएको थियो ।
प्रतिक्रिया