ढाका । प्रदर्शनकारीको दबाब थेग्न नसकेर राष्ट्रपतिलाई राजीनामा बुझाएर सेनाको विशेष विमानमार्फत् देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको कोलकाता हुँदै दिल्ली प्रस्थान गरेकी छन् । उनले सत्ता त्यागेर देश छाडेपछि सेनाले आन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ । सेनाले राजनीतिक दल र बौद्धिकवर्गलाई बैठकमा बोलाएको थियो ।
प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।
बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।
प्रतिक्रिया