बंगलादेशमा हिजोको झडपमा १ सय जनाको ज्यान गएको अनुमान

बंगलादेशमा हिजोको झडपमा १ सय जनाको ज्यान गएको अनुमान



ढाका । बंगलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । हिजोको दिन गएको जुनमा प्रदर्शन शुरू भएपछिको सबैभन्दा घातक दिन बनेको बङ्गलादेशी सञ्चामाध्यमले जनाएका छन् । तर प्रहरीले सोमवार ज्यान मृत्यु हुनेको सङ्ख्या पुष्टि गरेको छैन ।

सरकारी जागिरमा आरक्षणको विरोधका नाममा शुरू भएको आन्दोलनका कारण डेढ महिनामा चार सय जनाभन्दा धेरैको ज्यान गएको छ ।

यसैबीच जबीर इन्टरनेशनल होटलमा भएको आगजनीमा कम्तीमा २४ जनाको ज्यान गएको छ । दक्षिण पश्चिम बंगलादेशको जेसोर शहरमा रहेको यो होटल अवामी लिगका नेता शाहिन चकलदारको स्वामित्वमा छ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका नेताको होटल भएकै कारण प्रदर्शनकारीहरूले आगो लगाइदिएका हुन् ।