स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध

स्पेनको बाढीग्रस्त क्षेत्र पुगेका राजारानीको विरोध


ग्लोब नेपाल
108
Shares

भ्यालेन्सिया । स्पेनको भ्यालेन्सियामा आएको भिषण  बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । यसैबीच बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।

जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम रहेको थियो ।

यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो ।

भ्यालेन्सियामा राजा फिलिपविरुद्ध आम जनताले गरेको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएका थिए ।

स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए भने केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले सो क्षेत्रमा फेरी ठुलो बर्षा हुने चेतावनी जारी गरेको छ ।