काठमाडौं । दक्षिणी चीनको झुहाई शहरमा एउटा कारले पैदलयात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते भएको स्थानीय प्रहरीले जानकारी दिएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
फान उपनामले चिनिने ६२ वर्षीय चालकले शहरको खेलकुद केन्द्रमा प्रवेश गरी खेलकुद केन्द्रको भित्री सडकमा ब्यायाम गरिरहेका मानिसहरूलाई ठक्कर दिएको प्रहरीले विज्ञप्तिमा जनाएको छ ।
प्रहरीले फानलाई आफ्नो कारमा चक्कुले आफ्नै घाँटी रेटिरहेको अवस्थामा फेला पारी तत्काल रोकेर उपचारका लागि अस्पताल पठाएको थियो । उनीसँग साेधपुछ गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया