कम्बोडियनसँग विवाह गरिन् धनराजको डिर्भोसी श्रीमति ज्योतिले

कम्बोडियनसँग विवाह गरिन् धनराजको डिर्भोसी श्रीमति ज्योतिले


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङको डिर्भोसी श्रीमति ज्योति गुरुङले कम्बोडियनसँग विवाह गरेको खुलासा भएको छ । प्रहरीसँगको बयानमा धनराजले डिर्भोस गरेकी श्रीमति ज्योतिले कम्बोडियनसँग विवाह गरेको बताएका हुन् ।

बयानका क्रममा उनले ज्योतीले अहिले विदेशी नागरिकसँग विवाह गरिसकेको बताए । अमेरिकामा रहेकी ज्योतीले कम्बोडियन नागरिकसँग विवाह गरेको बयान दिएको सिआईबीका एक अधिकारीले बताए ।

बयानका क्रममा गुरुङले सहकारी डिभोर्स गरेको भन्दै आफूमाथि निराधार लाञ्छना लगाइएको बताए । गुरुङले सहकारी ठगीमा आफ्नो संलग्नता अस्वीकार गरे । आफू श्रीमती पीडित रहेको भन्दै उनी बयानमा संलग्न प्रहरी अधिकारीका अगाडि भावुक बनेका थिए । धनराजले आफू र ज्योतीबीच ०७६ फागुनमा सम्बन्ध विच्छेद भएको बताएका छन् ।

सम्बन्ध विच्छेदपछि पनि गुरुङले ज्योतीले सहकारीबाट अपचलन गरेको पैसा तिर्दै आएका छन् । त्यसबारे प्रहरीले सोधेको प्रश्नमा उनले सम्बन्ध विच्छेदअघि आफूहरुबीच भएको सहमतिका आधारमा ऋण तिर्ने र छोराको लालनपालन गर्दै आएको जवाफ दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरको मितेरी सहकारी ठगीमा मुछिएका गुरुङसँग बुधबार आफ्नै कार्यालयमा बोलाएर बयान लिएको थियो ।