बेरुत । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ ।
एएफपीटीभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली हमला र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रसारण गरेको छ ।
सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो हमलापछि यो क्षेत्रमा धेरै क्षति पुगेको छ । आक्रमणभन्दा केही समयअघि इजरायलले उक्त क्षेत्रका बासिन्दालाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।
सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तपाईंहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनुहोला, इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दै छ ।”
विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सा समेत समावेश गरिएको थियो ।
प्रतिक्रिया