काठमाडौं । जी–२० शिखर सम्मेलनको तयारी भइरहेका बेला ब्राजिलको सर्वाेच्च अदालत नजिकै विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । आत्मघाती आक्रमणमा विस्फोटक पदार्थ बोकेका व्यक्तिको ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले आक्रमणकारी कारमा बसेर सर्वाेच्च अदालतमा पुगी प्रवेश गर्ने प्रयास गरेको तर सुरक्षा सतर्कताका कारण प्रवेश गर्न असफल भएको र पछि प्रवेशद्वारमा विस्फोट गराएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङसहित विश्वका नेताहरूको सहभागितामा आउँदो सोमवारदेखि शुरू हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकेको बताएका छन् ।
सर्वाेच्च अदालतले विज्ञप्ति निकाल्दै बुधवारको सत्रको अन्त्यमा दुई वटा विस्फोट भएको र न्यायाधीशहरूलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।
प्रतिक्रिया