भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण

भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण



काठमाडौं । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराएको बीबीसी हिन्दीले जनाएको छ ।

रक्षामन्त्री सीहले यो उपलब्धिका लागि बधाई ज्ञापन गर्नुभएको छ । भारतले ओडिसाको डा. एपीजे अब्दुल कलाम टापुबाट हिजो मिसाइलको सफल परीक्षण गरेको हो ।

भारतीय शसस्त्र बल र रक्षा अनुसन्धान एवम् विकास सङ्गठनले संयुक्त रूपमा मिसाइलको परीक्षण गरेका हुन् । भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेर ठूलो उपलब्धि हासिल गरेको रक्षा मन्त्री सिंहले बताएका छन् ।