न्यूयोर्क । राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गाजा पट्टीमा भोकमरीमा परेका प्यालेस्टिनीहरुका लागि जीवन बचाउको रुपमा सेवा गरिरहेका बेकरीहरूसमेत पिठो तथा इन्धनको अभावका कारण बन्द हुने अवस्थामा रहेको चेतावनी दिएको छ ।
ओसिएइचएले आफ्नो दैनिक प्रतिवेदनमा हालको समयमा उत्तरी गाजाका केही भागहरु अनिकालको जोखिममा रहेकोसमेत जनाएको छ । यसका साथै गाजा पट्टीको मध्य र दक्षिणी भागहरुमा, गम्भीर भोकमरीको सामना गर्ने बाध्य परिवारहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको रिपोर्ट गरिरहेको यसले जनाएको छ ।
“विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सहकर्मीहरुलाई उदृत गर्दै ओसिएएचएले हाल गाजामा मानवीय साझेदारहरुद्वारा समर्थित १९ वटा बेकरीहरु मध्ये सात वटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । पिठोको अभावकै कारण यस हप्ताको सुरुमा अन्य धेरै बेकरीहरु बन्द गर्न बाध्य भएको यसले स्पष्ट पारेको छ ।
प्रतिक्रिया