युक्रेन । युक्रेनले सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ ।
युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट १९ जना घाइते भएको बताएका छन् ।
पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रुसले गत हप्ता युक्रेनमा नयाँ ओरेसनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।
“युक्रेनको डिफेन्स इन्टेलिजेन्स” को अपरेसन परिणाम स्वरूप, रुसको कालुगा क्षेत्र स्थित इन्धन तथा ऊर्जा सुविधामा रातारात आक्रमण भएको स्रोतले जनाएको छ ।
कालुगाका रुसी गभर्नरले यस क्षेत्रमा भएको ड्रोन हमलाबाट एउटा “औद्योगिक उद्यम’’ मासमेत आगलागी भएको पुष्टि गरेका छन् ।
स्रोतका अनुसार आक्रमणको लक्ष्य कालुगानेफ्टप्रोडक्ट जेएससीको तेल डिपो थियो, जुन युक्रेनविरुद्ध रुसको सशस्त्र आक्रमणलाई समर्थन गर्नका लागी प्रयोगमा छ ।
यसै क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता निप्रो सहरमा गरिएको आक्रमण सबैभन्दा नयाँ रुसी मध्य–दूरी मिसाइल प्रणाली मध्ये एक रहेको बताउँदै त्यस्ता थप “परीक्षणहरू’’ गर्ने वाचा गरेका छन् ।
प्रतिक्रिया