काठमाडौं । दक्षिण कोरिया राष्ट्रपति युन सुक-योलविरुद्ध चर्को विरोध प्रदर्शन जारी रहेको छ । राष्ट्रपति युनले गत मंगलबार राति पहिलो पटक देशमा मार्सल लको घोषणा गरेपछि चर्को दबाबपछि फिर्ता गरेका थिए ।
उनले उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिबाट देशलाई जोगाउन यो काम भइरहेको भन्दै मार्शल ल लगाउनुको कारण दिएका थिए । तर उनको यो कदम बाह्य धम्कीबाट नभई उनको आफ्नै निराशाजनक राजनीतिक समस्याबाट प्रेरित रहेको देखिएको छ ।
अहिले जनताले उनको विरोध गर्दै सत्ताबाट हटाउन माग गरिरहेका छन् । दक्षिण कोरियामा राष्ट्रपति युनविरुद्ध प्रदर्शन जारी छ ।
पूर्व सैनिकहरूले राष्ट्रपतिको कार्यालय अगाडि एक जुलुस निकाल्दै युनलाई सत्ताबाट हटाउन माग गरेका छन् । सोही विरोधमा एकजना पूर्व कोरियाली सैनिक र उनकी श्रीमतीले आफ्ना सँगी प्रदर्शनकारीहरूको अगाडि आफ्नो टाउको खौरिएका थिए ।
प्रतिक्रिया