नयाँ दिल्ली । दिल्ली पुलिसले कांग्रेस नेता राहुल गान्धी विरुद्ध संसद परिसरमा धक्का मारेको आरोपको अनुसन्धान गर्न दिल्ली प्रहरीले अपराध शाखालाई बिवरण बुझाएको छ। दिल्ली प्रहरीका एक अधिकारीका अनुसार बिपक्षी नेता गान्धी माथी अब अपराध शाखाले अनुसन्धान गर्नेछ ।
बिहीबार दिल्ली पुलिसले संसद परिसरमा भएको धक्का को सम्बन्धमा राहुल गान्धी विरुद्ध एफआईआर दर्ता गरेको थियो। संविधान निर्माता बीआर अम्बेडकरको कथित अपमान गरेको भन्दै बिहीबार सत्तारुढ दल र प्रतिपक्षी दलका सदस्य संसद भवनको मकर गेट नजिकै आमनेसामने भएका थिए, जहाँ कैही सांसदहरु पनि घाइते भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार सो क्रममा विपक्षी दल र एनडीए सांसदबीचको झडपमा पूर्वमन्त्री प्रतापचन्द्र सारंगी र लोकसभा सदस्य मुकेश राजपूत घाइते भएका थिए ।
संसद परिसरमा भएको धकेलाधकेलको समयमा शारीरिक आक्रमण र उत्तेजनामा संलग्न भएको आरोप लगाउँदै भाजपाले राहुल गान्धी विरुद्ध पुलिसमा उजुरी दायर गरेको थियो ।
जसअनुसार गान्धी माथी कानुनका ६ वटा धारा उलङ्गघन गरेको आरोप लगाईएको थियो । जसअनुसार धारा ११७ को स्वैच्छिक रूपमा गम्भीर चोट पुर्याउने, धारा ११५ को स्वैच्छिक रूपमा चोट पुर्याउने, धारा १२५ को अरूको जीवन वा व्यक्तिगत सुरक्षालाई खतरामा पार्ने कार्य, धारा १३१ को भारतीय न्याय संहिताविरुद्ध संसद मार्ग, धारा ३५१ आपराधिक बल, धारा ३५१ आपराधिक धम्की र ३ (५०) साझा अभिप्राय भन्ने आरोपमा प्रहरीमा उजुरी गरिएको थियो ।
संसद परिसरमा धक्का को सम्बन्धमा कांग्रेस नेता गान्धी विरुद्ध मुद्दा दर्ता भएको एक दिन पछि स्रोतहरूले भने कि, ‘घटनामा घाइते भएका दुई सांसदहरूको बयान लिने र विपक्षी नेतालाई पक्राउ गरी सोधपुछ गर्ने सम्भावना रहेको छ ।’
उनले भने कि दिल्ली पुलिसले संसद सचिवालयलाई पत्र लेखेर कथित घटना भएको क्षेत्रको सीसीटीभी फुटेजको माग गर्न सक्छ। एक अधिकारीले भने कि वरिष्ठ प्रहरी अधिकारीहरूले स्थानीय प्रहरीबाट अपराध शाखालाई मुद्दा हस्तान्तरण गर्न पनि विचार गर्न सक्छन्।
बिहीबार भाजपा सांसद प्रताप सारंगी र मुकेश राजपूत संसद भवनको सिढीबाट खसेर घाइते भएका थिए । ती सांसदहरूले आरोप लगाएका छन कि कांग्रेस सांसद राहुल गान्धीले उनलाई धक्का दिए, त्यसपछि उनी लडेर घाइते भएका हुन । सांसद प्रताप सारंगीले भनेका छन कि, ‘म सिँढीमा उभिएको थिएँ, त्यसपछि राहुल गान्धीले एक सांसदलाई धक्का दिए र उनी ममाथि खसे, जसका कारण म लडेर घाइते भए ।’
प्रतिक्रिया