काठमाडौं । अमेरिकी लडाकू विमान लाल सागरमा दुर्घटनाग्रस्त भएको छ । लडाकू विमानलाई आफ्नै गोली लागेको अमेरिकी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जसलाई ‘फ्रेन्डली फायर’ भनिन्छ ।
अमेरिकाले हुथी विद्रोहीद्वारा सञ्चालित यमनको राजधानी सानामा मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधाहरूमा शृङ्खलाबद्ध रूपमा हवाई आक्रमण गरेपछि यो घटना भएको हो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार अमेरिकी नौसेनाको लडाकू विमान एफ/ए–१८ होर्नेटमा रहेका दुवै चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको खबरमा उल्लेख छ ।
अमेरिकी लडाकू विमानहरूले लाल सागरमा हुथी विद्रोहीको धेरै ड्रोन र एन्टी–शिप क्रुज मिसाइललाई पनि खसालेका बीबीसीले जनाएको छ । हुथी विद्रोहीले इजरायलको तेल अभिभमा गरेको आक्रमणपछि अमेरिकाले यो हमला गरेको हो ।
हुथी इरान समर्थित विद्रोही समूह हो जसले यमनको उत्तर–पश्चिमलाई आफ्नो नियन्त्रण लिएको छ ।
प्रतिक्रिया