श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु

श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु



कोलम्बो । श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जंगली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत् बोर्ड (सीईबी) सोमबार जनाएको छ । सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।

सीईबीले पहिले नै यस अवैध कार्यको सम्बन्धमा धेरै उपयुक्त कदमहरू चालेको छ । जङ्गली हात्तीहरूको संरक्षणका लागि जनताको सहयोगको अपेक्षा सीईबीले गरेको छ । सन् २०२३ मा श्रीलंकामा ९० जंगली हात्तीको मृत्यु भएको तथ्यांकले देखाउँछ ।