सीमा क्षेत्रमा खटिएका सशस्त्रका ४ एसपी किन तानियो हेडक्वाटरमा

सीमा क्षेत्रमा खटिएका सशस्त्रका ४ एसपी किन तानियो हेडक्वाटरमा


ग्लोब नेपाल
918
Shares

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू छानबिनमा तानिएका छन् । तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन् ।

उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए। उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ ।

डिआइजी) कुमार न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन। छानबिनपछि निर्दोष देखिए उनीहरूलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरू पठाउने हेडक्वाटरको तयारी छ ।