एआईजी भरत बोहरा अवकाशमा

एआईजी भरत बोहरा अवकाशमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अवकाशमा गएका छन ।

एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अनिवार्य अवकाशमा गएका हुन । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । अर्की एआईजी किरण बज्राचार्य २ दिनपछि अर्थात् पुस १६ मा अवकाशमा जाँदैछिन् । बज्राचार्यको अवकाशपछि २ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका उच्च अधिकृतहरू जानकारी दिएका छन ।