मोटरसाइकल किन्न दम्पतीले ९ दिनको छोरो बेचे

मोटरसाइकल किन्न दम्पतीले ९ दिनको छोरो बेचे


ग्लोब नेपाल
2.1k
Shares

काठमाडौं । कहिलेकाहिँ विश्वमा अनौठो किसिमका समाचारहरु बाहिर आउने गर्छ । त्यस्तै अनौठो किसिमको समाचार छिमेकी देश भारतबाट पनि बाहिर आएको छ ।

छिमेकी देश भारतको ओडिसा राज्यको बालासोर जिल्लामा अनौठो घटना प्रकाशमा आएको हो । भारतमा एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको छ । उनीहरूले ६० हजार भारुमा छोरो बेचेको खुलेको भारतीय प्रहरीले जनाएको छ । सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेका छन् ।

उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन् । गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको भारतीय पहरीले जनाएको छ ।

प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ । प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान सुरु गरेको छ ।