सुस्मिता मृत्यु प्रकरणमा जोडिएका देवबहादुर झुन्डिएको अवस्थामा

सुस्मिता मृत्यु प्रकरणमा जोडिएका देवबहादुर झुन्डिएको अवस्थामा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–९ गौशाला स्थित होटलमा मृत भेटिएको युवती प्रकरणमा फरार रहेका युवक पनि मृत अवस्थामा भेटिएका छन ।

ओखलढुंगा घर भएर जापान बस्दै आएका देव बहादुर थापा पनि झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । २४ वर्षीय थापाको शव सुनकोशी देवीस्थान जंगलमा रहेको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिएका छन ।

गत पुस १६ मा बागमती होटलमा सुस्मिता खड्का मृत फेला परिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित आलापोट घर भएकी उनी होटलको ३०८ नम्बर कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।मध्यान्ह उनीसँगै होटलमा गएका थापा फरार थिए । होटलको कोठा जापान बस्दै आएका थापाको नाममा बुक भएको भेटिएको थियो ।

युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएका थिए । होटल बुक गर्ने थापालाई प्रहरी खोजी गरिरहेको थियो । यता, सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । अनुसन्धान अधिकृतहरूले उनको हत्या भएको आशंका गरेका छन् । उनको मृत्युको कारण खुलेको छैन ।