भूकम्पबाट नेपालमा १३ जना घाइते, दर्जन विद्यार्थी बेहोस

भूकम्पबाट नेपालमा १३ जना घाइते, दर्जन विद्यार्थी बेहोस


ग्लोब नेपाल
135
Shares

काठमाडौं । आज मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा १३ जना घाइते भएका छन् । भूकम्पमा परी बारामा ११ तथा काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैको उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै सिन्धुपाल्चोक भोटेकोसे गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पु र्‍याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको पनि नेपाल प्रहरीले जानकारी दिएको छ ।

बारामा विधार्थी बेहोश
बारामा भुकम्पको डरले विधार्थीहरु बेहोश भएका थिए । भुकम्पको धक्काले विधार्थीहरु बेहोश भएका हुन । त्रासले कलैयास्थित श्री ३ चन्द्र उच्च माध्यमिक विधालयका डेढ दर्जन विद्यार्थी बेहोस भएका सञ्चारकर्मी अजय साहले जानकारी दिए । अस्पताल व्यावस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले डर त्रासले बेहोश भएका विधार्थीहरुको उपचारपश्चात अभिभावकको जिम्मा लगाइएको बताए ।