काठमाडौं । अफ्रिकी देश चाडको राष्ट्रपति भवनमा बोको हरामले ठूलो आतंकवादी हमला गरेको छ । बोको हरामले राष्ट्रपति भवनमा अन्धाधुन्ध गोली चलाए पछि १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले आक्रमणकारीलाई पनि मारेका छन् ।
अल जजिराका अनुसार चीनका विदेशमन्त्री वाङ यीले चाडको राजधानी एनुजामेनामा अधिकारीहरूसँग भेट गरेको केही घण्टापछि सो आक्रमण भएको हो । जसमा १९ जनाको मृत्यु भएको छ । सुरक्षा बलले राजधानी एनुजामेनामा राष्ट्रपति भवनमा आक्रमण गर्नेहरूलाई लडेको बताएका छन् ।
समाचारका अनुसार चाडका विदेश मन्त्री तथा सरकारका प्रवक्ता अब्देरमाने कौलामल्लाहले आक्रमणकारीहरूमध्ये १८ जनाको मृत्यु भएको र ६ जना घाइते भएको बताएका छन् । ‘हाम्रा एक सैनिकको पनि मृत्यु भएको छ, तीन जना घाइते भएका छन्, जसमध्ये एकजना गम्भीर छन्,’ उनले भने ।
गोलीबारीको केही घण्टापछि, कौलामल्लाहलाई सैनिकहरूले घेरेको र बन्दुक बोकेको भिडियोमा देखिएको छ । अवस्था पूर्ण रुपमा नियन्त्रणमा रहेको उनले बताए । अस्थिरता गर्ने षडयन्त्र असफल भएको छ ।
सो गोलाबारी हुनु भन्दा केही घण्टाअघि बिदेश मन्त्री वाङ यीले चाडका राष्ट्रपति महामत इड्रिस डेबी र अन्य अधिकारीहरूसँग भेट गरेका थिए ।
प्रतिक्रिया