न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस

न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायपरिषदको सदस्यमा दामोदर खड्काको नाम सिफारिस गरेको छ । हिजो शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् ।

आज आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउने छ । अनि न्यायपरिषदले बारको सिफारिससहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउने उनले जानकारी दिएकी छन् ।

न्यायपरिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशका साथै थप दुई जना सदस्यहरु नियुक्त हुन्छन् । ती दुईमध्ये एकजनाको नाम प्रधानमन्त्रीले सिफारिस गर्ने र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।