ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर लगाउने स्पेनको तयारी

ईयू बाहिरका नागरिकले सम्पत्ति किनबेच गरेमा एक सय प्रतिशत कर लगाउने स्पेनको तयारी



काठमाडौं । स्पेनले यूरोपेली युनियन बाहिरका नागरिकले गर्ने सम्पत्ति किनबेचमा एक सय प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले यो कदमको घोषणा गर्दै देशको आवास आपतकालको सामना गर्न नयाँ उपाय आवश्यक रहेको बताएको बीबीसीले जनाएको छ ।

अहिले स्पेनले जमिनदार र गरिब भाडावाला गरी दुई वर्गीय चुनौतीको सामना गरिरहेको भन्दै उनले यसको समाधानको लागि ईयू बाहिरका मानिसले किन्ने सम्पत्तिमा अधिक कर लगाउने योजना रहेको उल्लेख गरेका हुन् ।

सन् २०२३ मा गैर ईयू निवासीले २७ हजार वटा घर जग्गा किनेर महँगोमा भाडामा लगाएका थिए । विदेशीले स्पेनका नागरिकसरह नै कर तिरेर सम्पत्ति किन्ने र त्यहाँका नागरिकलाई महँगोमा भाडा लगाउने वा महँगोमा बेच्ने कुरा अव्यवहारिक भएको स्पेन सरकारको ठहर छ । स्पेनका प्रधानमन्त्री सान्चेजले यो निर्णय अनुमोदनका लागि संसदमा प्रस्तुत गर्ने बताएका छन् ।