काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ ।
यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो ।
पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो ।
आशिकाविरुद्ध अभद्र मुद्दामा प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया