पाकिस्तानमा सेनाको कारबाहीमा ३० जना आतंककारीको ज्यान गयो

पाकिस्तानमा सेनाको कारबाहीमा ३० जना आतंककारीको ज्यान गयो



काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतंककारीको ज्यान गएको छ ।

सेनाले चलाएका तीन वटा अभियानका क्रममा हिजो एकैदिन ३० जना मारिएका पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सुरक्षा बलले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ । हिजो, लक्की मारवाटमा भएको कारबाहीमा १८ जना, कराक जिल्लामा आठ जना र खैबरमा दुई जना मारिएका छन् ।

हतियार र गोला बारुदको ठूलो भण्डार पनि बरामद गरिएको जनाएको छ । यी क्षेत्रमा आतङ्कवादीहरूको उपस्थितिलाई हटाउन अभियान चलिरहेको छ । सेनाले देशबाट आतङ्कवादको खतरा हटाउन दृढ रहेको बताएको छ ।