काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता, संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पितृशोक परेको छ । राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका निजी सहायक छत्र कठायतका अनुसार शाहीका पिताजी हरिबहादुर शाहीको ६६ वर्षको उमेरमा मंगलबार दिउँसो निधन भएको छ ।
पार्टी अध्यक्ष लिङ्देनले शोक वक्तव्यमा लेखेका छन्– दिवंगत आत्माप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। ज्ञानेन्द्र शाही र शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’
प्रतिक्रिया