गायिका एलिना चौहानले दायर गरिन सम्बन्धविच्छेदको मुद्दा

गायिका एलिना चौहानले दायर गरिन सम्बन्धविच्छेदको मुद्दा



काठमाडौं । गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् ।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको उनले जानकारी दिए ।

झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए ।

एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् । विवाहपछि पतिसँगै अस्ट्रेलिया गएकी एलिना दसैंअघि नेपाल फर्किएकी थिइन् ।