जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत



ओस्लो । शून्य उत्सर्जन सवारी साधनहरु मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ ।

नर्वेली सार्वजनिक सडक प्रशासन (ओएफभी) का अनुसार गत महिना दर्ता भएका नयाँ कारमध्ये ९५.८ प्रतिशत हिस्सा विद्युतीय सवारी साधनले ओगटेको छ ।

रिचार्जेबल हाइब्रिड मोडलसहित विद्युतीय कारको हिस्सा ९६.८ प्रतिशतले बढेको छ । “नर्वेले जनवरीमा कूल नौ हजार ३४३ नयाँ कारहरु बिक्री गरेकोमा आठ हजार ९५४ वटा विद्युतीय सवारी साधन थिए,” ओएफभीले जानकारी दिएको छ ।

ओएफभीका निर्देशक ओयविन्ड सोलबर्ग थोरसेनले भने, “हामीले योभन्दा पहिले कहिल्यै विद्युतीय कारले यति धेरै हिस्सा ओगटेको जानेनौँ । यदि बाँकी वर्ष यस्तै रह्यो भने हामी चाँडै नै २०२५ को लक्ष्यको नजिक पुग्नेछौं ।”

“हामी विद्युतीय कारहरूलाई नै शत प्रतिशत हिस्सा ओगटेको देख्न चाहन्छौँ । लक्ष्यमा पुग्नका लागि अन्य मोडेलहरू भन्दा विद्युतीय कार छनौट गर्न लाभदायक बनाउने प्रोत्साहनहरू ल्याउन आवश्यक हुनेछ,” उनले थपे । सबैभन्दा धेरै बिक्री भएका ५० मोडलमध्ये दुई वटा मात्र गैर-विद्युतीय थिए र त्यो पनि पहिलो ३३ औं स्थानमा आएको थियो ।

नर्वेमा, विद्युतीय कारहरू धेरै करहरूबाट मुक्त छन् र यसले तिनीहरुलाई भारी कर लगाइएको आन्तरिक इन्धन दहन कारहरुविरुद्ध प्रतिस्पर्धी बनाउँछ । उनीहरुले सडक कर छुट, सार्वजनिक कार पार्कहरुमा निः शुल्क पार्किङ र सार्वजनिक यातायात ट्राफिक लेनको प्रयोगबाट पनि लाभ उठाएका छन् । विद्युतीय कारको विक्री उच्च भएसँगै सामान्य कारहरुमा दिइएका केही कर छुट र प्रोत्साहनहरु वर्षौदेखि फिर्ता लिइएको छ ।

ओएफभीका अनुसार जनवरीमा नर्वेमा दर्ता भएका नयाँ कारमध्ये डिजेल कारको हिस्सा १.५ प्रतिशत र पेट्रोल कारको हिस्सा ०.४ प्रतिशत मात्र थियो । फोक्सवागन आईडी.४ र निसान अरियालाई पछि पार्दै टोयोटा बिजेड फोर एक्स सबैभन्दा बढी बिक्री भएको थियो ।

तुलनात्मकरुपमा हेर्दा सन् २०२० पछि पहिलो पटक घटेको युरोपमा विद्युतीय कारको हिस्सा सन् २०२४ मा १३.६ प्रतिशत मात्र थियो भने गत बर्षको डिसेम्बर महिनामा यसको हिस्सा १५.९ प्रतिशत रहेको थियो ।