किभ । फ्रान्स र नेदरल्याण्डले युक्रेनलाइ अत्याधुनिक लडाकु बिमान दिएको छ । रुससँगको जारी लडाइका लागि फ्रान्सबाट मिराज २०००–५ लडाकु विमान र नेदरल्यान्ड्सबाट एफ–१६ लडाकु विमानहरू युक्रेनको सैन्य क्षमता बढेको जनाइएको छ ।
फ्रान्सेली रक्षा मन्त्री सेबास्टियन लेकोर्नुले एक्सको एक पोस्टमा मिराज जेटहरूको स्थानान्तरणको पुष्टि गरेका छन् । उनले भने, ‘लडाकु बिमानहरू युक्रेनी पाइलटहरूले उडान गरेका थिए, जसले फ्रान्समा महिनौंदेखि प्रशिक्षण गरिरहेका थिए ।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत गर्मीमा युक्रेनलाई मिराज विमान दिने वाचा गरेका थिए । ‘युक्रेनी आकाश अधिक सुरक्षित हुँदैछ,’ रक्षामन्त्री रुस्तम उमरोभले फेसबुकमा एक पोस्टमा भनेका छन् ।
पहिलो फ्रान्सेली मिराज २०००–५ लडाकु विमान तथा नेदरल्याण्डबाट एफ– ३५ को आगमनलाई स्वागत गर्दै उमरोभले भने, ‘यी आधुनिक लडाकु विमानहरू युक्रेनमा आइपुगिसकेका छन् र चाँडै लडाई अभियानहरू सञ्चालन गर्न थाल्नेछन्, हाम्रो रक्षालाई बलियो बनाउँदै र रुसी आक्रमणको प्रभावकारी रूपमा सामना गर्ने हाम्रो क्षमता बढाउने छ ।’
युक्रेनी राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई उनको नेतृत्व र समर्थनको लागि धन्यवाद दिएका छन् । ‘फ्रान्सका राष्ट्रपतिले आफ्नो वचन पुरा गर्नु भएको छ र हामी यसको कदर गर्छौं,’ जेलेन्स्कीले एक्स्को एक पोस्टमा भने ।


प्रतिक्रिया