हमासले आज थप तीन इजरायली बन्धक रिहा गर्दै

हमासले आज थप तीन इजरायली बन्धक रिहा गर्दै


ग्लोब नेपाल
108
Shares

हमासले आज रिहा गर्ने भनिएका तीन इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । इजरायल र हमास बीच भएको युद्धविराम सम्झौता अन्तर्गत् पहिलो चरणमा बन्दी आदान प्रदान भइरहेको छ ।

आज रिहा हुनेमा एली साराबी, ओहाद बेन अमी र ओर लेवी नाम गरेका तीन इजरायली पुरुष नागरिकहरू रहेका छन् । त्यसको बदलामा इजरायलले बन्दी बनाएका १ सय ८३ जना प्यालेस्टायनी रिहा गर्नुपर्नेछ ।

जनवरी १९ मा युद्धविराम भएयता १८ इजरायली बन्धक रिहा भएका छन् भने ३ सय ८३ प्यालेस्टायनी बन्दी पनि रिहा भएका छन् ।

युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत् ६ हप्ताको अवधिमा ३३ इजरायली बन्धक रिहा गर्ने र १ हजार ९ सय प्यालेस्टायनी बन्दीहरु रिहा गर्ने सहमति भएको छ । ३३ इजरायली बन्धक मध्ये ८ जनाको मृत्यु भएको बताइएको छ ।