काठमाडौं । तुर्कमेनिस्तान आइस हक्की टोलीका खेलाडीहरूले हङकङका खेलाडीहरूलाई मुक्का प्रहार गरेका छन् ।
चीनको हार्बिनमा भएको एशियाली शीतकालीन खेलकुदमा हङकङसँग हारेपछि तुर्कमेनिस्तानको आइस हक्की टोलीले मुक्का प्रहार गरेका हुन् । तुर्कमेनिस्तानको टोली हङकङसँग ५–१ ले पराजित भएको थियो ।
तुर्कमेनिस्तानका खेलाडी एर्किन काकाबायेभ, आर्सलन गेल्डिमाइराडोभ र बेगेन्च डोभलेटमेराडोभले हङकङ टोलीका सदस्यहरूमाथि मुक्का प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हङकङका कुनै पनि खेलाडीलाई गम्भीर चोटपटक नलागेको तर दुई जनालाई मेडिकल मूल्याङ्कनका लागि अस्पताल लगिएको खबरमा उल्लेख छ । यो घटनापछि हङकङका अधिकारीहरूले अनुशासनात्मक कारबाहीका लागि आह्वान गरेका छन् ।
तुर्कमेनिस्तान र हङकङबीचको खेल निकै तनावपूर्ण रहेको र खेल सकिएपछि हात मिलाउने क्रममा तुर्कमेनिस्तानका खेलाडीहरूले मुक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया