नेपालमा नास्तिकता फैलाउन अमेरिकाले खर्च गरेको बारेमा छानबिन गर्न लिङ्देनकाे माग

नेपालमा नास्तिकता फैलाउन अमेरिकाले खर्च गरेको बारेमा छानबिन गर्न लिङ्देनकाे माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नेपाललाई धर्मनिरपेक्ष कायम गर्न अमेरिकाले एक सय मिलियन डलर खर्च गरेको बारेमा अनुसन्धान गर्न संसदमा माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अमेरिकाको विदेश मामिला समितिका सभापति ब्राइण्ड माक्स र अमेरिकाका सभामुख माइक जोर्डले नेपालमा नास्तिकता फैलाउन खर्च गरेको कुरा बताएको भन्दै यसबारेमा नेपाल सरकारले अनुसन्धान गर्नुपर्ने बताए ।

उनले निष्पक्ष अध्ययन गरी नास्तिकता फैल्याउनका लागि रकम लिनेहरुको नाम सार्वजनिक गर्न समेत माग गरे ।

उनले भने, ‘कुनै देशले आफ्नो एजेन्सीमार्फत नेपालमा १४ अर्ब रुपैयाँ धर्मान्तरणको लागि नास्तिकता प्रवर्द्धन गर्न खर्च गरिरहेको छ भन्ने कुरा त्यो देशको आधिकारिक व्यक्ति सभामुखबाटै आएको छ भनेपछि यो सरकारले छानविन गर्नुपर्ने कुरा हो की होइन ?’