काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) मा विरोध जनाएको छ ।
जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले चीनबाट अमेरिका प्रवेश गर्ने उत्पादनमा थप १० प्रतिशत कर लगाइएको घोषणा गरेका थिए । यस्तै ट्रम्पले गएको हप्ता स्टील र आल्मुनियममा २५ प्रतिशत नयाँ कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
विश्व व्यापार सङ्गठनका लागि चीनका राजदूत ली चेङगाङले विश्व व्यापार सङ्गठनको निर्णय लिने ‘जनरल काउन्सिल’ को यस वर्षको पहिलो बैठकमा विश्वले करका लागि शृङ्खलाबद्ध झड्काको सामना गरिरहेको बताए । उनले एकतर्फी र स्वेच्छाचारी रूपमा कर लगाएको वा धम्की भन्दै विरोध गरे ।
लीले अमेरिकी एकपक्षीयताले नियममा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई ध्वस्त पार्ने खतरा रहेको बताए ।
प्रतिक्रिया