काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले रूसी समकक्षी भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका छन् ।
सोमबार दुई जनाबीच कुराकानी भएको समाचार संस्था सिसिटिभीले जानकारी दिएको छ । पुटिनको अनुरोधमा दुई जनाबीच कुराकानी भएको समाचारमा उल्लेख गरिएको छ ।
रूस र युक्रेनबीच जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनबीच फेब्रुअरी १२ मा टेलिफोन संवाद भएको थियो । त्यसै विषयमा गत मंगलबार साउदी अरेबियाको राजधानी रियादमा दुई पक्षबीच छलफल भएको थियो ।
अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्व दूत स्टिभ विट्कफ, रूसी विदेशमन्त्री सर्गेई लाभ्रोव र पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभ अनि केही साउदी प्रतिनिधिबीच भएको बैठक करिब साढे ४ घन्टा चलेको थियो ।
त्यही वार्ताबारे जानकारी दिन पुटिन र सीबीच कुराकानी भएको हो ।


प्रतिक्रिया