भोलि पशुपतिमा बिहान साढे २ बजेदेखि नै दर्शन गर्न पाइने

भोलि पशुपतिमा बिहान साढे २ बजेदेखि नै दर्शन गर्न पाइने



काठमाडौं । महाशिवरात्रिका दिन भोलि बिहान साढे २ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ । दर्शनका लागि पशुपतिका चारवटै ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएकाे छ ।

बाहिर चारवटा मुख्य प्रवेशद्वार भए पनि भित्र सहायक लाइन हुनेछन् । कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यस्तै, गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश गर्न सकिनेछ ।

जोशीका अनुसार मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । । त्यस्तै, प्लास्टक पनि निषेध गरिएको छ ।

कोषले दर्शनार्थीहरूको सुरक्षाका लागि सबैतिर सीसीटीभी क्यामेरा जडान गरेको छ । त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमान्डमा तीनहजार ५११ प्रहरी परिचालन हुनेछन् ।