बगदाद । इराकमा ४० वर्षपछि पहिलो पटक आधिकारिक जनगणना भएको छ । जनगणना अनुसार इराकको जनसङ्ख्या ४ करोड ६१ लाख छ ।
२००९ मा जारी भएको अनुमानित जनसङ्ख्याको तुलनामा यो १ करोड ४५ लाखभन्दा बढी हो । जनगणनालाई इराकी अधिकारीहरूले कोसेढुंगा भनेका छन् । यसले भविष्यमा हुने योजना र संसाधन वितरणमा आवश्यक डेटा उपलब्ध गराउने उनीहरूको भनाइ छ ।
जनगाण्नाले सरकारले देशको अवस्था सुधार्न प्रतिबद्ध छ भन्ने देखाएको इराकका योजना मन्त्री मोहमद तमिमले नतिजा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए । गएको कयौँ दशकयता इराक युद्ध, आतंकवादी हमला र राजनीतिक अस्थिरतासँग जुधिरहेको थियो । यस कारणले सरकारले राम्रोसँग जनगणना गराउने अवसर पाएन । पछिल्लो समय स्थिति केही साम्य बनेपछि सरकारले जनगणना गरेको हो । ७० दशमलव २ प्रतिशत जनता सहरमा बसिरहेका छन् ।
प्रतिक्रिया