एजेन्सी । इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीय मारिएका छन्। मृत्यु हुने दक्षिण भारतीय केरलाका ४७ वर्षीया एनी थोमस गेब्रियल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको मृत्यु भएको मृतकका आफन्तले पुष्टि गरेका हुन् ।
गेब्रियलका परिवारका सदस्यहरूले मार्च १ मा भारतीय दूतावासबाट ग्याब्रियलको मृत्युको पुष्टि भएको आइतबार इमेल प्राप्त बताएका छन् ।
‘हामीले जोर्डनस्थित भारतीय दूतावासबाट उनको मृत्युबारे इमेल प्राप्त गर्यौं, तर त्यसपछि थप जानकारी प्राप्त भएको छैन,’ गेब्रियलका आफन्तले भनेका छन् ।
यो घटना फेब्रुअरी १० मा भएको हो, जब जोर्डन सेनाले सीमामा गोली चलाएको थियो। पारिवारिक स्रोतअनुसार गेब्रियलको साथमा एक नातेदार एडिसन पनि थिए, उनको भने खुट्टामा गोली लागेको र बाँच्न सफल भएका छन् ।
सीमा पार गर्न खोजिरहेका उनीहरूलाई जोर्डन सेनाले रोक्न खोज्दा भागेकाले गोली चलाइएको बताइएको छ ।
एडिसनलाई उपचारपछि भारत फर्काइएको थियो । एडिसन भारत फर्केर यसबारे बताएका हुन् । मृतकका आफन्तलाइ भारतीय दूतावासले आधिकारिक रूपमा मृत्युको जानकारी दिएको थियो ।
प्रतिक्रिया