तेल अभिभ । अरब राष्ट्रहरूले इजरायलको आलोचना गरेका छन् । गाजामा सबै मानवीय सहायताको प्रवेश रोक्ने इजरायली कदमको उनीहरूले आलोचना गरेका हुन् ।
इजिप्ट र कतारले आइतबार इजरायलका तर्फबाट उठाइएको यो कदम युद्धविराम सम्झौता विपरीत रहेको भनेका छन् । संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले यसलाई ‘चिन्ताजनक’ भनेका छन् ।
साउदी अरबले पनि इजरायलको यो कदमको निन्दा गरेको छ ।
आइतबार कतारको विदेश मन्त्रालयले इजरायल सरकारको पछिल्लो फैसला युद्धविराम सम्झौता र अन्तर्राष्ट्रिय मानवता कानुनको उल्लंघन भएको प्रस्ट पारेको छ ।
यस्तै, इजिप्टको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै इजरायलमाथि भोकमरीलाई प्यालेस्टिनी नागरिकविरुद्ध हतियारका रूपमा प्रयोग गरेको आरोप लगाएको छ ।
प्रतिक्रिया