एजेन्सी । भारतको यूपी विधानसभाको बजेट सत्रमा मुख्यमन्त्री योगी आदित्यनाथले भर्खरै सकिएको प्रयागराज महाकुम्भमा एउटा पनि अपराधको घटना नभएको बताएका छन् ।
मंगलबार समाजवादी पार्टीमाथि कडा प्रहार गर्ने क्रममा उनले भने, ‘महाकुम्भमा जो आए पनि अभिभूत भए । महाकुम्भमा अपराधको एउटा पनि घटना भएको छैन ।’
महाकुम्भ आयोजना गर्नु चमत्कारजस्तै बताएका उनले ६६ करोड भक्त महाकुम्भमा आएर सकुशल घर फर्केका दाबी गरे । ‘महाकुम्भको गुञ्ज विश्वभर गुञ्जियो । महाकुम्भका कारण अर्थतन्त्र पनि मजबुत भएको छ ।’
महाकुम्भमा समाजवादी पार्टीको टिप्पणीलाई सम्बोधन गर्दै मुख्यमन्त्री योगीले ६८ वटा तीर्थस्थल र १९ वटा इनारको निशान मेटाउने प्रयास गरिएको आरोप पनि लगाए । ‘उसलाई खोज्ने हाम्रो काम थियो। हामीले ५४ वटा तीर्थस्थल पत्ता लगायौं र १९ वटा कुवा पनि फेला पार्यौं,’ उनले भने ।
प्रतिक्रिया