काठमाडौँ । सरकारले डा. विकास देवकोटा र मदन भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय तथा जनक भट्टराईलाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले स्वास्थ्य सेवातर्फ रिक्त सचिव पदमा बढुवाका लागि देवकोटासहित डा। संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
यसैगरी वरिष्ठ सहसचिव एवं मधेस प्रदेश सरकारका प्रदेश प्रमुख सचिव मदन भुजेललाई सचिवमा बढुवा गरेको छ । सहसचिव कायम मुकायम प्रमुख सचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय हो । यता नेपाल प्रहरीका डिआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया